Birendranagar Municipality

राष्ट्रपति भण्डारी स्वीटजरल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी स्वीटजरल्याण्ड प्रस्थान

तस्बिर : थाहा खबर

सेरोफेरो
 ३० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीटजरल्याण्डको जेनेभा भ्रमणमा गएकी छन् । मंगलबार अपरान्ह ५ बजे उपपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर लगायतले राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।


राष्ट्रपति भण्डारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्वीटजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वल्र्ड अफ वल्र्ड समिटमा सहभागी हुन गएकी हुन् । उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीलाई मुख्य वक्ताको रुपमा निम्ता गरिएको छ ।

 

२०७४ जेठ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्