५ वैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोना भाईरस (कोभिड १९) पोजिटिभ देखिएको छ ।
एकैदिन १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमित मध्ये १ जना संक्रमित निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्