५ वैशाख । कोरोना भाईरस (कोभिड १९) संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण देशका विभिन्न स्थानबाट विश्वविद्यालय अध्ययनको लागी गएका विद्यार्थीको लागी राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको छ ।
किर्तिपुर नगरपालिका, अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले विश्वविद्यालय परिसरमा उक्त राहत वितरण गरेका हुन् । कीर्तिपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने करिव ९०० विद्यार्थीहरुलाई खाद्यन्न उपलब्ध गरिएको अनेरास्ववियूका केन्द्रिय सदस्य मदन विष्टले जानकारी दिनुभयो ।
'हामी सवै विद्यार्थि संगठनहरुको समन्वयमा केहि मनकारी व्यक्तिहरुले खाद्यन्न सामाग्री उपलब्ध गराउनु भयो, कीर्तिपुर नगरपालिकाले समन्वय र सामान ओसारपासारमा सहयोग गरेका कारण विद्यार्थीहरुलाई सहयोग गर्न सफल भयौं,' केन्द्रिय सदस्य विष्टले बताउनु भयो ।
अशोक कुमार खड्का, श्री गुरुङ, एस.पि सापकोटा, नवराज रिजाल र विकास श्रेष्ठले चामल, दाल, तेल र तरकारी उपलब्ध गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस्