Birendranagar Municipality

सुर्खेतको बबईबाट ७८ नागरिकको उद्धार, क्वारेन्टाईनमा राखिने

सेरोफेरो
सुर्खेतको बबईबाट ७८ नागरिकको उद्धार, क्वारेन्टाईनमा राखिने

५ वैशाख । कर्णाली प्रदेश तथा प्रदेश नं. ५ को सिमाना बबईमा अलपत्र ७८ जनाको उद्धार गरि क्वारेन्टाईनमा राखिएको छ । विभिन्न जिल्लाबाट घरतर्फ हिडेका नागरिकहरुको उद्धार गरिएको हो ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको सहयोग र भेरीगंगा नगरपालिकाको समन्वयमा उनिहरुको उद्धार गरिएको हो । सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र जुम्लाका ७८ जनालाई नगरपालिकाको सिमाक्षेत्रबाट उद्धार गरिएको भेरीगंगा नगरपालिकाको उप-प्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।


'नागरिकहरुले धेरै दुःख पाएका छन्, सवै जिल्लामा क्वारेन्टाईन तयार गरी सम्बन्धीत जिल्लामा पुर्‍याउने व्यवस्था प्रदेश सरकारले गर्नुपर्छ,' उप-प्रमुख आचार्यले बताउनु भयो ।

२०७७ वैशाख ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्