६ वैशाख । अनेरास्ववियू केन्द्रिय कमिटिको संयोजनमा विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।
लकडाउनका कारण खाद्यन्न अभाव भएका करिव पाँच सय विद्यार्थीहरुलाई अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा शनिबार कीर्तिपुरमा खाद्यन्न सामग्री वितरण गरिएको हो।

कीर्तिपुर नगरपालिका, प्रहरी वृत कीर्तिपुरको समन्वय र अनेरास्ववियूको पहलमा उक्त राहत सामाग्री वितरण गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य मदन विष्टले जानकारी दिनुभयो । प्रत्येक विद्यार्थीलाई १५ केजिका दरले खाद्यन्न सामाग्री वितरण गरिएको विष्टले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्