Birendranagar Municipality

सुर्खेतमा 'लकडाउन'लाई थप कडाई गर्दै प्रशासन

सेरोफेरो सुर्खेत
सुर्खेतमा 'लकडाउन'लाई थप कडाई गर्दै प्रशासन

६ वैशाख । कोरोना संक्रमण रोक्न देशभर गरिएको लकडाउनलाई थप कडाई गर्दे पूर्णपालना गराउने प्रशासनले निर्णय गरेको छ । बैशाख ६ गते शनिवारका दिन कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरिय कमाण्ड पोष्टका संयोजक तथा सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

important_notice

बैठकले बन्दाबन्दी (लकडाउन) को समयमा अत्यावश्यकीय वस्तुको विक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । जसमा सुर्खेत उपत्यका क्षेत्र भित्र अत्यावश्यकिय खाद्य पदार्थ एवं किराना सामाग्री सोमवार, बुधबार र शुक्रबार बिहान ७:०० बजे देखी ९:०० बजे सम्म विक्री वितरण गर्ने व्यवस्था मिलाउने र यस कार्यको सहजिकरण उद्योग बाणिज्य संघ सुर्खेतले गर्ने निर्णय गरेको छ।


यसैगरी तरकारी तथा दुग्धजन्य पदार्थहरुको ढुवानी, विक्री वितरण प्रत्येक दिन बिहान ७ः०० बजे देखी ९ः०० बजे सम्म गर्ने निर्णय गरेको छ। बैठकले औषधी पसल तथा निजी अस्पतालहरु अनिवार्य रुपमा प्रत्येक दिन खुल्ला गर्ने साथै विरामी ओसार पसार गर्ने एम्बुलेन्समा विरामी र एक जना कुरुवा मात्र राखी आवत जावत गर्ने व्यवस्था मिलाउने समेत निर्णग गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदम लाल लामिछानेले जानकारी दिनुभयो ।


यस्तै बजारलाई व्यवस्थित गर्न प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा नेपाल प्रहरी र उद्योग बाणिज्य संघको सहभागिता रहने गरी बजार अनुगमन गर्ने निर्णय गरिएको छ ।


कोभिड १९ को पि.सी.आर र आर.डि.टी. परीक्षणको सम्बन्धमा आधिकारिक निकायबाट पुष्टि नभएसम्म विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत अपवाह फैलाई नागरिकलाई तर्सित बनाउने क्रियाकलाप हुन नदिन सबै पक्षबाट सचेतना अपनाउने, त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरेको छ ।

Meeting CDO office

 

२०७७ वैशाख ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्