Birendranagar Municipality

कर्णाली भित्रिएका नागरिकलाई घर फर्काउन पहल गर्दै भेरीगंगा नगरपालिका

सेरोफेरो सुर्खेत
कर्णाली भित्रिएका नागरिकलाई घर फर्काउन पहल गर्दै भेरीगंगा नगरपालिका

७ वैशाख । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई आ आफ्नो जिल्ला फर्काउने कार्यमा भेरीगंगा नगरपालिकाले पहल गरेको छ । प्रदेश नं ५ र कर्णाली प्रदेशको नाका पर्ने बबईसम्म विभिन्न स्थानिय तहको सहयोगमा आईपुगेका नागरिकहरुको उद्धार संगै सम्वन्धीत जिल्ला र पालिकासम्म पुर्‍याउन नगरपालिकाले भुमीका निर्वाह गरिरहेको भेरीगंगा नगरपालिकाका उप-प्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।


'हामीले सवै नागरिकको लगत संकलन गरि सम्वन्धीत जिल्ला र पालिकामा समन्वय गरिरहेका छौ, सवै नागरिकहरुलाई सम्वन्धी पालिकाले उद्धार समेत गरिरहनु भएको छ' उप-प्रमुख आचार्यले बताउनु भयो ।


शनिवारसम्म बबईमा १३३ नागरिकको लगत लिई सम्वन्धीत पालिकासम्म पुर्‍याउन पहल भएको उप-प्रमुख आचार्यले जानकारी दिनुभयो । सुर्खेतका ५० जना, दैलेखका २९, जाजरकोटका १३, कालिकोटका १८, मुगुका १०, जुम्लाका १० र सल्यानका ३ जनालाइ सम्वन्धीत जिल्ला पठाउन प्रमुख जिल्ला अधिकारी तथा सम्वन्धीत पालिका प्रमुख संग समन्वय भएको उहाँले बताउनु भयो ।


वीरेन्द्रनगर नगरपालिका का २ जना, बराहताल गाउँपालिकाका १ जना र भेरीगंगाका ९ जनालाई भेरीगंगाको क्वारेन्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ ।
केहि स्थानिय तहले आफ्ना नागरिकलाई समेत उद्धार गरिसकेको नगरपालिकाले जानकारी दियो ।


यसैगरी कर्णाली प्रदेशबाट प्रदेश ५ मा जाने २४ जना नागरिकलाई कोहलपुर नगरपालिकाको समन्वयमा समेत सम्वन्धीत स्थाानमा पठाइएको उप-प्रमुख आचार्यले बताउनु भयो ।

२०७७ वैशाख ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्