Birendranagar Municipality

कोरोनाबाट अमेरिकामा मात्र ४० हजारको मृत्यु, विश्वभर १ लाख ६५ हजार

सेरोफेरो
कोरोनाबाट अमेरिकामा मात्र ४० हजारको मृत्यु, विश्वभर १ लाख ६५ हजार

८ बैशाख । विश्वव्यापी महामारी कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान जानेको संख्या ४० हजार नाघेको छ ।

 

जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी छ। सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ ।

 

विश्वभर हालसम्म एक लाख ६५ हजार भन्दा बढीको ज्यान गुमेको छ भने संक्रममित हुनेको संख्या २४ लाख भन्दा बढी छ। यसबाट मृत्यु हुनेको आँकलन गर्न सकिएको छैन । महामारी रोक्न धेरैजसो देशमा लकडाउन लागू गरिएको छ । 

 

नेपालमा ३१ जनामा यसको संक्रमण देखिएको छ भने हालसम्म कसैको ज्यान गएको छैन ।

२०७७ बैशाख ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्