Birendranagar Municipality

सुर्खेतको बबईबाट दैनिक सयौं नागरिकको उद्धार, गन्तब्यमा पुर्‍याइदै

सेरोफेरो
सुर्खेतको बबईबाट दैनिक सयौं नागरिकको उद्धार, गन्तब्यमा पुर्‍याइदै

८ वैशाख । लकडाउनका कारण अलपत्र २९४ नागरिकलाई सम्वन्धीत पालिकामा पुर्‍याउने पहल भएको छ । भेरीगंगा नगरपालिकाको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रलाय कर्णाली प्रदेशले सवैलाई गन्तव्यमा पुर्‍याउन पहल भएको भेरीगंगा नगरपालिकाको उप-प्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।


आईतवार मात्रै ६२ जनालाई सल्यान पठाइएको छ । सुर्खेत जिल्लाका विभिन्न पालिकाका ७५ जनालाई सम्वन्धीत पालिकाको जिम्मा लगाइएको उप-प्रमुख आचार्यले बताउनु भयो ।


यसैगरी दैलेखका १३, कालिकोटका ५२, मुगुका १३, रुकुमका १२, जुम्लाका २६ र सल्यानका १ जनालाई कर्णाली प्रदेशको पहलमा सम्वन्धीत पालिका सम्म पुर्‍याईने उप-प्रमुख आचार्यले जानकारी दिनुभयो ।

 

जाजरकोटका ४० जना नागरिकहरुलाई कर्णाली प्रदेश सभा सदस्य करविर शाहीको पहलमा जिल्ला लैजान पहल भएको पत्रकार दिपक वुढाले जानकारी दिनुभयो ।

२०७७ वैशाख ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्