सेरोफेरो
३० जेठ, सुर्खेत । प्रदेश नम्बर ६ मा रहेको भेरी र कर्णाली नदी र्याप्टिङको अर्को गन्तब्य बनेको छ । सुर्खेतस्थित भेरी नदीमा मेहलकुना देखि भेरीपुल, भेरीपुल देखि रानीघाट र रानीघाट देखि पाग्मा गरी तीन देखि चार घण्टाको दुरीमा तिनवटा रुट रहेका छन् ।
यसैगरी कर्णालीमा घाटगाउँ देखि चिसापानी सम्म तीन देखि चार घण्टा र दैलेखको तल्लो डुङ्गेश्वरदेखि कर्णाली चिसापानी सम्म सात दिनको प्याकेजमा र्याप्टिङ गराइने भेरी कर्णाली र्यापिड एड्भेन्चर प्रा. लि. का ज्ञानेन्द्र गौतम (समुन्द्र) ले सेरोफेरोलाई जानकारी दिए । उनका अनुसार सुर्खेतको भेरी पुल देखि कर्णाली चिसापानीसम्म तीन दिन लाग्ने अर्को रुट समेत रहेको छ ।
र्याप्टिङको लागि फागुन देखि जेठ र भदौ देखि मंसिर सम्म राम्रो सिजन मानिन्छ । स्थानीय व्यक्तिहरुलाई गाइडको रुपमा तालिम दिन नसकेको कारण त्रिशुलीबाट गाइड बोलाउनु पर्ने भएकोले र्याप्टिङ शुल्क महँगो भएको सञ्चालकको भनाई छ । सुर्खेतको गिरीघाट देखि रानीघाट सम्मको करिब चार किलोमिटर बाटो कच्ची भएकोले यातायातमा समस्या भएको गौतमले बताए ।
पौडी खेल्न नसक्ने व्यक्तिले पनि र्याप्टिङ गर्न सक्छन् । गौतमले भने ‘वोटिङ गर्दा सुरक्षाका लागि लाइफ ज्याकेट र हेलमेट लगाइन्छ । केही समस्या भए उद्धार टोलि समेत तैनाथ हुन्छ ।’
सुर्खेतमा भेरी कर्णाली र कर्णाली भेरी र्यापिड एड्भेन्चर प्रा. लि. ले र्याप्टिङ गराइरहेका छन् ।

मेहलकुनामा रात्री क्याम्प पछि र्याप्टिङको तयारी गर्दै
र्याप्टिङको क्रममा जम्पिङ गर्दै पर्यटक
नदी किनारको बालुवामा रमाउँदै यात्रु
र्याप्टिङको तयारी अवस्था
क्याम्प फायरमा रमाउँदै यात्रु
छालसंग रमाउनको लागि पुनः बोट बोक्दै
स्थानीयले जालमा पारेको माछासंग फोटो खिच्दै पर्यटक
तस्बिर : ज्ञानेन्द्र गौतम 'समुन्द्र'
प्रतिकृया दिनुहोस्