८ वैशाख । यदी तपाई बाटोमा भोकभोकै हुनुहुन्छ या गन्तव्यमा जाँदा अलपत्र पर्नुभएको छ ? यस्तो अवस्थामा हुनुहुन्छ भने वीरेन्द्रनगर नगरपालिकालाई १०१ मा सम्पर्क गर्नुहोस् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारणले लकडाउनमा परेका अति विपन्न र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दोश्रो चरणको राहत वितरणका लागि अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि १०१ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याएको हो ।
कोरोना भाइरसका कारण समस्या परेका नागरिकले १०१ नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने नगरपालिकाले जनाएको छ । टोल फ्रि नम्बर १०१ संचालनमा आएसंगै कोरोना भाइरसका कारण जो कैलाई परेको समस्याका बारेमा जानकारी गराउन सक्ने वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक मेयर मोहनमाया ढकालले जानकारी दिनुभयो ।
लकडाउनबाट प्रभाबित अति विपन्न एंवम मजदुर र बेखर्चीकालागी आजका मितिबाट दोस्रो चरणको बिशेष राहतको ब्यबस्था मिलाएको भन्दै यस्ता ब्यतिले नगरपालिकाको आपतकालिन केन्द्रको सम्पर्क नबर १०१ मा सम्पर्क गरी आफ्नो नाम ठेगाना टिपाउन समेत कार्यबाहक मेयर ढकालले अनुरोध गर्नुभयो ।
नाम टिपाएका व्यक्तिहरुको घरदैलोसम्म वडा कार्यालयको समन्वयमा नगरपालिकाका कर्मचारीको निरीक्षण टोलिले दिएको प्रतिवेदनका आधारमा एकिकृत केन्द्र (नगर कार्यपालिका) बाट राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्