Birendranagar Municipality

१० नयाँ डीआईजीले पाए जिम्मेवारी, कर्णाली प्रहरी प्रमुखमा बसन्त पन्त

सेरोफेरो
१० नयाँ डीआईजीले पाए जिम्मेवारी, कर्णाली प्रहरी प्रमुखमा बसन्त पन्त

९ बैशाख । सरकारले प्रहरी नायब महानिरिक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई जिम्मेवारी दिएको छ । प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले सोमबार उनीहरुलाई दर्ज्यान्ही चिन्ह लगाएसंगै गृह मन्त्रालयले उनीहरुको पदस्थापन गरेको हो ।

 

यससंगै कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी वसन्त पन्तले पाएका छन् । यस्तै प्रदेश १ को मा इश्वर बाबु कार्की, प्रदेश २ मा धिरजप्रताप सिंह, वाग्मती प्रदेशमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक र सूदुरपश्चिममा उत्तमराज सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अरुण बिसीले जिम्मेवारी पाएका छन् । सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मेवारी पाएका छन् । यसअघि उनी महानगरीय प्रहरी अपराध महाशाखामा थिए। यस्तै प्रकाशजंग कार्कीलाई प्रहरी एकेडेमीमा जिम्मेवारी दिइएको छ भने प्रदेश २ मा रहेका प्रधुम्न कार्कीलाई विषेश ब्युरो सरुवा गरिएको छ । सीआईबीमा रहेका निरज शाहीलाई आईजी सचिवालयमा ल्याइएको छ ।

 

सरकारले डीआईजी दरबन्दी कटौतीको तयारी गरेपछि अधिकांश प्रदेश प्रहरी नेतृत्वविहीन थिए । जनपदतर्फ १४ मध्ये १० डीआईजीको दरबन्दी रिक्त थियो ।

२०७७ बैशाख ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्