९ बैशाख । नेपाल टेलिकमले लकडाउनमा आफन्तसँग कुरा गर्न नपाएका झण्डै २ लाख ग्राहकलाई निशुल्क कल गर्ने सुविधा दिएको छ । सोमबार राति १२ बजेदेखि लागु भएकाे उक्त सेवा दुई दिनसम्म दिइने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
के के छ्न् सुविधा ?
जसको ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न पाएका छैनन् उनीहरूलाइ निशुल्क कल सेवा ।
यसका साथै टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने भएको छ ।
१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने: २५ वटा अन-नेट एसएमएस ५० मिनेट अन-नेट भ्वाइस १०० एमबी डाटा प्याकेजको अवधि ७ दिनको हुने ।
२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।
३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने ।
४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने ।
५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने ।
६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने ।
प्रतिकृया दिनुहोस्