९ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा रोक्ने बताएका छन् ।
ट्रम्पले सोमबार ट्वीटमार्फत कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको जानकारी दिएका हुन् । यसबारे उनले सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गमा भने केही बताएनन् ।
उनले लेखेका छन्– 'अदृश्य शत्रु कोरोना भाइरससंगको लडाईं र अमेरिकी जनताको रोजगारीको रक्षाका लागि केही समयका लागि आप्रबासीको आगमनमा रोक लगाउने निर्णयमा हस्ताक्षर गर्दैछु ।' यद्धपी उनले त्यसको विस्तृत विवरण भने खुलाएका छैनन् ।
हाल अमेरिकाका दुई छिमेकी देश क्यानडा र मेक्सिकोसँगको सीमा बन्द छ । ती सीमा क्षेत्र अत्यावश्यक बाहेकका सेवाका लागि कम्तिमा मध्य मे सम्म बन्द गर्ने सहमति भएको छ ।
कोभिड–१९ बाट अमेरिकामा हालसम्म झण्डै ४२ हजारको मृत्यु भएको छ भने ७ लाख ८२ हजार भन्दा बढी संक्रमित छन् ।
प्रतिकृया दिनुहोस्