१० वैशाख । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका जनाइएको छ ।
मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे रामेछापको मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।
अनलाईनखबरबाट
प्रतिकृया दिनुहोस्