Birendranagar Municipality

वीरेन्द्रनगर ११ का नेकपा अगुवा कार्यकर्ता द्वारा कोरोना कोषमा सहयोग प्रदान

सेरोफेरो सुर्खेत
वीरेन्द्रनगर ११ का नेकपा अगुवा कार्यकर्ता द्वारा कोरोना कोषमा सहयोग प्रदान

१० वैशाख । नेकपा वीरेन्द्रनगर ११ सुर्खेतकाका नेता तथा कार्यकर्ताले वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोगको सहयोग, उद्धार तथा व्यवस्थापन कोषमा सहयोग प्रदान गरको छन् । नेकपाका नेता तथा कार्यकर्ता द्वारा संकलित रकम सहयोग गरिएको हो ।

 

नेकपा वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद तिवारी तथा नेकपा कर्णाली प्रदेश प्रतिनिधी परिषद सदस्य शुरेस कुमार वलीले कार्यबाहक प्रमुख मोहनमाया ढकाललाई २४ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।


सवै नेता तथा कार्यकर्ताले यो विपतमा केहि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको शुरेस कुमार वलीले जानकारी दिनुभयो । सहयोग ग्रहण गर्दे का.वा प्रमुख मोहनमाया ढकालले सहयोगी मनहरुको सहयोगलाई लकडाउनबाट समस्यामा परेकाहरुको हितमा खर्च गरिने बताउनु भयो ।

२०७७ वैशाख १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्