१० वैशाख । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो ।
उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षण गरिएको थियो । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ भने बुधबारसम्म सात जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिकृया दिनुहोस्