Birendranagar Municipality

सल्टियो कामु प्रधानन्यायाधीशको उमेर बिबाद

सल्टियो कामु प्रधानन्यायाधीशको उमेर बिबाद

सेरोफेरो

३० जेठ, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर बिबाद सल्टाएको छ । मंगलबार बसेको परिषदको बैठकले उनको शैक्षिक प्रमाण पत्रका आधारमा २०१० बैशाख १६ गतेलाई जन्म मिति सदर गरेको छ ।

 

पराजुलीको नागरिकतामा उमेर स्पष्ट नखुलेकोले निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले पराजुलीको उमेर २००९ साउन २१ गते कायम गरी परिषदमा सिफारिस गरेकी थिइन् ।

 

परिषदले मंगलवार नै प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको छ । पराजुली प्रधानन्यायाधीश भए उनको कार्यकाल ११ महिना लामो हुनेछ ।

२०७४ जेठ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्