Birendranagar Municipality

सोमबार जारी अध्यादेश शुक्रबार फिर्ता

सेरोफेरो
सोमबार जारी अध्यादेश शुक्रबार फिर्ता

१२ बैशाख । सरकारले बैशाख ८ गते सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

 

चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।


कोरोना महामारीका बेला सरकारले बेमौसमी अध्यादेश ल्याएको भन्दै सत्तारुढ नेकपाका केही नेता र प्रतिपक्ष दलका नेताले यसको विरोध गरेका थिए ।


राजनीतिक दल विभाजनको प्राबधान खुकुलो बनाउने उक्त अध्यादेश जारी भएपछि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच बुधबार राती नै एकीकरण भएको थियो ।

२०७७ बैशाख १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्