Birendranagar Municipality

कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा एकैदिन दशलाख एक हजार सहयोग

सेरोफेरो सुर्खेत
कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा एकैदिन दशलाख एक हजार सहयोग

१२ वैशाख । कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा शुक्रवार दश लाख एक हजार सहयोग प्रदान गरिएको छ ।

 

एभरेष्ट वैंकद्वारा छ लाख, कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा तीन लाख र सहकर्मी समाजद्वारा एक लाख एक हजार गरि जम्मा दशलाख एक हजार रुपैया जम्मा भएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एभरेष्ट वैंक सुर्खेत शाखाका प्रवन्धक विक्रान्त शर्माले वैंकको तर्फवाट छ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

Everest

यसैगरी किर्डाकका कार्यक्रम व्यवस्थापक नवीन शाहीले तीन लाख बराबरको चेक आन्तरीक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ ।

 

सहकर्मी समाज सुर्खेतको तर्फबाट अध्यक्ष रत्न गाहाले एक लाख एक हजारको चेक मन्त्री भण्डारीलाई प्रदान गर्नुभएको छ ।

 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो विपतमा सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै मुख्यमन्त्री शाहीले कोरोनाको संक्रमण फैलिन नदिन प्रदेश सरकार लागीपरेकाले यसमा सवैको साथ र सहयोगको खाँचो औल्याउनु भयो ।

२०७७ वैशाख १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्