१२ वैशाख । भेरीगंगा नगरपालिका सुर्खेतले तयार गरेको क्वारेन्टाईनमा १२६ जना बसेका छन् । क्वारेन्टाईनमा बस्नु पर्ने १४ दिन पुरा गरी ४२ जना घर फिर्ता भएका छन् ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा शुक्रबार सम्म १११ पुरुष र १५ जना महिला गरी जम्मा १२६ बसिरहेको उप-प्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नम्वर ८ लोदे माविमा ५५ जना र शारदा मा.वि भेरीगंगा १२ मा ७१ जना बसिरहेको उप-प्रमुख आचार्यले बताउनु भयो । क्वारेन्टाईनमा बसेका सवैको आर.डि.टी गरिएको र सवैको नतिजा नेगेटिभ आएको उप-प्रमुख आचार्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्