१३ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिकाले बन्दाबन्दी (लकडाउन) भन्दा अगाडी शुरुवात गरेका योजना अगाडी बढाउने निर्णय गरेको छ । शनिवार नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बन्दाबन्दी सुरु हुनुपूर्व संचालनको क्रममा रहेका विभिन्न पूर्वाधार निर्माण कार्यलाई मेसीन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दूरी कायम गरी रोगको संक्रमण फैलन निदिने उपायहरुको अलवम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरि परियोजना अगाडी बढाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रणका लागि लकडाउनलाई अँझै प्रभावकारी गराउनको लागि यस नगरपालिकाबाट हालसम्म भएगरेका निम्न गतिविधिहरुको बारेमा समीक्षा गर्दे सो कार्यलाई निरन्तरता दिने समेत निणय गरेको छ। नगरपालिकाले नगरपालिका र वडा अन्तर्गतबाट नगरका स्थायी बासिन्दा ६६८२ परिवार, दोश्रो चरणमा अस्थायी बासिन्दा मजदुर तथा विद्यार्थी ९१२७ परिवारलाई र तेश्रो चरणमा कल सेन्टर १०१ मा फोनमार्फत टिपोट भई आएका २८२ परिवार गरी वैशाख १२ गते सम्म जम्मा १६०९१ परिवारलाई राहत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनु भयो ।
बैठकले नगरपालिका कार्यालयबाट वितरण गरिने विशेष राहत मागका लागि टेलीफोन गर्न नसक्ने तथा आफूसँग फोन नभएका अतिविपन्न असहाय व्यक्तिहरुको विवरण वडा अध्यक्ष मार्फत लिइ राहत वितरण गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ । नगरपालिकाले हालसम्म कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा लकडाउन व्यवस्थापनमा राहत वितरण खर्च वापत १ कारोड ९६ लाख ६३ हजार छ सय २३ रुपैया ७५ पैसा खर्च भएको नगरपालिकाले जनाएको छ ।
विभिन्न सहयोगदाताहरुबाट कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारबाट प्राप्त ३० लाख सहित जम्मा ३६ लाख ८३ हजार २ सय पन्ध्र रुपैया सहयोग भएको साथै सो कोषमा नगरपालिकाको संचित कोषबाट यस अघिका बैठकका निर्णयानुसार २ करोड ८० लाख थप गरी कुल जम्मा ३ करोड १६ लाख ८३ हजार २ सय १५ रुपैया जम्मा भएको कार्यबाहक प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । साथै विभिन्न बैंक संघसंस्था तथा व्यक्तिबाट वस्तुगत सामग्री समेत सहयोग भएको का.वा प्रमुख ढकालले बताउनु भयो ।
स्वास्थ्य चेक जाँच तथा क्वारेन्टाइन :
नगरपालिकाले हालसम्म कोरोना संक्रमणको द्रूत निदानात्मक परीक्षण (आरडीटी) यस नगरपालिका अन्तर्गत विभिन्न १६० जनाको परिक्षण समेत गरको जनाएको छ । । यसैगरी नगरपालिका र अन्तर्गतका स्वास्थ्य सँस्थाहरुमा अत्यावश्यक औषधि तथा सामग्रीहरु पर्याप्त मात्रामा रहने व्यवस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले बताउनु भयो । उहाँले भन्नुभयो 'नगरपालिका र अन्तर्गत गरी करिव ७५ जना स्वास्थ्यकर्मीहरु पूर्व सावधानी गृह, स्वास्थ्य संस्था र हेल्थ डेसक्हरुमा परिचालन गरेका छौं।'
नगरपालिकामा प्रवेश गर्ने मानिसहरुमा रोगको संक्रमण हुन नदिनका लागि यस नगरपालिकामा प्रवेश गर्ने विभिन्न स्थानहरुमा हेल्थ डेस्क स्थापना गरी सेवा प्रवाह गरिएको ढकालले बताउनु भयो । जसमा वडा नम्बर ११ सुब्बाकुना, वडा नम्बर १४ छेडा गढी, वडा नम्बर १ बाँगेसिमल र वडा नम्बर २ फँलाटेमा हेल्थ डेस्क स्थापना गरिएको ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाले विभिन्न वडाका २० वटा विद्यालयहरुमा नर्सीङ कार्यक्रम संचालन समेत गरेको जनाएको छ । त्रिपुरेश्वर मा वि ढोडेखाली, प्रभात मा वि कोलडाडा, हरिडील भूमी मा वि तातापानी, भैरव मा वि भैरवस्थन, ने रा आ वि चिसापानी, जन मावि वीरेन्द्रनगर, कृष्ण संस्कृत तथा साधारण मा वि इत्राम, ने रा आ वि खजुरा, शिव मा वि लाटीकोइली, जनसेवा मा वि घुस्रा, चन्द्रगंगा मा वि गाग्रेताल, अमरज्योती मा वि नेवारे, ने रा मा वि करेखोला, सिद्ध मा वि गढी, ने रा मा वि रतु, आदर्श मा वि मेहेली, ने रा मा वि डाँडास्कुल, शिव मा वि धुलियाबिट, आनन्द मा वि कृष्णगंज र हस्तविर आ वि चनौटेमा उक्त कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्