Birendranagar Municipality

अनेरास्ववियूद्वारा शिक्षामन्त्रीलाई ध्यानाक्रर्षण, तत्काल शैक्षिक संस्था नखुल्ने शिक्षामन्त्रीको भनाई

सेरोफेरो
अनेरास्ववियूद्वारा शिक्षामन्त्रीलाई ध्यानाक्रर्षण, तत्काल शैक्षिक संस्था नखुल्ने शिक्षामन्त्रीको भनाई

१३ वैशाख । अनेरास्ववियूले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई भेटी ध्यानाक्रर्षण गरेको छ । लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका सम्वन्धमा अनेरास्ववियूले विभिन्न माग राख्दै ध्यानाकर्षण गरेको हो ।


संक्रमणको फैलावटलाई मध्यनजर गरेर रेड जोन, एलो जोन र ग्रीन जोन तोकेर लकडाउन खुकुलो बनाउने तर हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी सुझाव दिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिनुभयो ।


यसैगरी एसइइ र कक्षा ११ को परीक्षा लकडाउन खोले पछि होम सेन्टर मा स्वास्थ्य सम्बन्धी साबधानी अपनाएर लिनुपर्ने अन्यथा स्वतः ग्रेडिङ गर्नु पर्ने र १२ कक्षाको अनिवार्य परीक्षा गर्नु पर्ने समेत सुझाव दिईएको संयोजक ऐरले बताउनु भयो ।


विश्वविद्यालय का स्थगित गरिएका परिक्षाका लकडाउन पश्चात लिने गरि तयारी गर्न समेत सुझाव दिइएको छ । अनेरास्ववियूले सबैको पहुँचमा पुग्ने गरि अनलाईन कक्षा सञ्चालन गर्नु पर्ने र यसको लागि नेपाल टेलिकम सँग समन्वय गरि डाटा र भ्वाइस कल निशुल्क ब्यबस्था गर्नु पर्ने समेत शिक्षा मन्त्री संग माग गरिएको उहाँले बताउनु भयो । साथै नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण पश्चात लकडाउन खोले पछि शुरुगर्नु पर्ने सुझाव दिईएको संयोजक ऐरले जानकारी दिनुभयो ।


लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

 

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था नखुल्ने बताउनु भयो । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने मन्त्रीको भनाई छ ।


शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापनसम्बन्धी शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताउनु भयो ।


आइतबारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकै आधारमा योजना बनाइने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

२०७७ वैशाख १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्