Birendranagar Municipality

दुई जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

सेरोफेरो
दुई जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

१४ वैशाख । वीरगंजमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ ।

 

वीरगंज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५० वर्षीया दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिनुभएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

 

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

 

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।

corona update 14 baisakh

२०७७ वैशाख १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्