Birendranagar Municipality

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सेरोफेरो
वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

 

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थपेको हो। देशभार संक्रमण बढिरहेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्‍न सुझाव दिएको थियो।

 

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो। सरकारले यस अघि १२ दिनको लागी लकडाउन थपेको थियो जो वैशाख १५ गते सकिदै छ ।

 

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने निको भएका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

२०७७ वैशाख १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्