१४ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सरकारले परिक्षणलाई तिव्र बनाए संगै संक्रमितको संख्या बढिरहेको छ । आईतवार पुन झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् ।
यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्