Birendranagar Municipality

परिचय पत्र पाएका आधाले मात्र पाए जेष्ठ नागरिकको सुविधा

सेरोफेरो
३० जेठ सुर्खेत । परिचय पत्र प्राप्त गरेका एक हजार चार सय चार मध्ये आधा जतिले मात्र जेष्ठ नागरिकको सुविधा पाएका छन् । जेष्ठ नागरिकहरुको लागि राज्यले सामाजिक सुरक्षाको नाममा सुविधा प्रदान गरेतापनि सबैको पहुँचमा नरहेको पाइएको छ । 

 

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र महिला तथा बालबालिका कार्यालय सुर्खेतको सहयोग तथा काँक्रेविहार जेष्ठ नागरिक केन्द्र सुर्खेतको आयोजनामा भएको छलफल तथा अन्तरक्रियामा सहभागीहरुले सो कुरा बताएका हुन् ।


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विरेन्द्रनगरका सबै छोराबुहारी, छोराछारीले आमा बाबुलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले घरभित्रै बाट जेष्ठ नागरिकहरुको सम्मान गर्ने वातावरण तयार गर्न पनि सबैलाई आग्रह गरे । स्थानीय विकास अधिकारी अमृत लम्सालले जेष्ठ नागरिकले आफ्ना भावी सन्ततिको लागि ठुलो त्याग गरेको र उनीहरु समाजका ऐना भएको बताएका छन् ।


पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले जेष्ठ नागरिकलाई सम्मान नगर्ने छोराछोरीले कसैलाई पनि सम्मान नगर्ने बताएका छन् । कार्यक्रम कांक्रेविहार जेष्ठ नागरिक केन्द्रका अध्यक्ष देवीराम थापाको अध्यक्षता तथा स्थानीय विकास अधिकारी अमृत लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

वीरेन्द्रनगर नगर कार्यपालिकाको जेठ २६ को पहिलो बैठकले जेष्ठ नागरिकको सम्मान गर्नुका साथै उनीहरुको अनुभव नयाँ पुस्तामा सार्न हरेक महिना बाआमा चौतारी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

२०७४ जेठ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्