१४ वैशाख । नेपाल तरुण दल सुर्खेत द्वारा मजदुर तथा विपन्न परिवारका लागी खाद्यन्न सहयोग गरेको छ । लकडाउनका कारण साँझ विहानको छाक टार्न कठिन परिवारका लागी खाद्यन्न सहयोग गरीएको तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले जानकारी दिनुभयो ।
तरूणदल सुर्खेतले तर्फबाट वीरेन्द्र नगर ६ शान्ती टोलका अति बिपन्न परिवार, दैनिक ज्यालामजदुरी गर्ने, क्यान्सर पिडित, मेरूदंड भांचिएको र भाडामा बस्ने गरि २५ घरधुरी लाई २५ प्याक चामल, २५ किलो दाल, २५ किलो नुन र २५ लिटर तेल वितरण गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

विष्टले भन्नुभयो 'हामीले निस्वार्थ भावनाका साथ लकडाउनमा हातमुख जोर्न कठिन नागरिकको लागी खाद्यन्न वितरण गरेका छौ ।'
तरुण दलका जिल्ला सदस्य जनक थापा, नगर सदस्यहरु सम्राट गौतम, पवन श्रेष्ठ, मनोज दाहाल र जय खड्काले खाद्यन्न हस्तान्तरण गरेका थिए।
प्रतिकृया दिनुहोस्