Birendranagar Municipality

बाँके र रुपन्देहीमा भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ५९ पुग्यो

सेरोफेरो
बाँके र रुपन्देहीमा भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ५९ पुग्यो

१९ बैशाख । नेपालमा थप २ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ।

 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिहिबार बाँके र रुपन्देहीमा एक एक जनामा कोरोना संक्रमित पुष्टि भएकाे हाे ।

 

बाँकेकाे नेपालगञ्जमा ६० वर्षीय पुरुष र रुपन्देहीमा २५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। अधिकारीका अनुसार स्वास्थ्य अवस्था सामान्य भएका उनीहरु दुबैलाई आइसोलेसनमा राखी उपचार भइरहेको छ ।

२०७७ बैशाख १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्