२१ वैशाख । आज मे ३ (वैशाख २१) २७ औं विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाईदैछ । सो अवसरमा नेपाल पत्रकार महासंघले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्देछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन बिश्वभर बिश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।
यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको छ । यसै अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता’ शिर्षकमा बैशाख २१ गते आइतवार दिउसो १ वजे विशेष डिजीटल संवाद कार्यक्रम आयोजना गर्न लागेको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सोही अवसरमा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्था वारे अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को अनुगमन प्रतिवेदन सार्वजनिक समेत गरीने अध्यक्ष आचार्यले बताउनु भयो । साथै पत्रकार महासंघका प्रदेश समिति र शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
प्रतिकृया दिनुहोस्