वैशाख २१ । बाँकेको नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । यसैगरी आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ ।
प्रतिकृया दिनुहोस्