२१ वैशाख । बाँके जिल्लाको नेपालगञ्ज कोरोनाको हब बनेको छ । नेपालगञ्जमा एकैदिनमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार साँझ पुन छ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो । नेपालगञ्ज महानगरपालिका वडा नम्वर ८ का तीन महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सह प्रवक्ताका अनुसार १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षको महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतवार दिउसो पुष्टि भएका संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । १९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो ।
यसैगरी आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएको छ ।

प्रतिकृया दिनुहोस्