२३ बैशाख । कर्णाली प्रदेशका सबै नाका सात दिनका लागि सिल गरिने भएको छ भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
छिमेकी प्रदेश ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि परिषद्ले उक्त निर्णय गरेको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । मन्त्री रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि खटाइने छ । उक्त टोली स्थानीय तहका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा परिचालन गरिनेछ । स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्न स्वाब संकलन तथा द्रूत परीक्षण समेत गर्नेछ ।
लकडाउनको पछिल्लो समय स्थानीय तह र प्रदेश सरकारको समन्वयमा कर्णाली प्रदेशमा उद्धारका नाममा मान्छे ओसारपोसार गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सुर्खेतका अनुसार वैशाख १० गते यता मात्रै कर्णालीको प्रमुख नाका बबईबाट १० हजार ६ सय ४७ जना भित्रिएका छन् ।
प्रतिकृया दिनुहोस्