२३ बैशाख । बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा गत शुक्रबार १ र आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
कोरोनाको संक्रमण समुदायमा फैलिएसंगै बाँकेमा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्