Birendranagar Municipality

नेकपा नेता रायमाझीको निधन

सेरोफेरो
नेकपा नेता रायमाझीको निधन

२३ बैशाख, काठमाडौं । नेकपाका नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । ७० बर्षीय रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौंकाे मेडिसिटी अस्पतालमा निधन भएको हो ।


पञ्चायती व्यवस्था विरोधी संघर्षमा अर्घाखाँचीको हर्रेवर्रे आन्दोलनमा संलग्न रायमाझीले १३ बर्ष जेल जीवन विताएका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले एक शोक वक्तव्य निकाली जेल जीवनका सहयोद्धा रायमाझीको निधनले दुःख लागेको बताएका छन् ।

२०७७ बैशाख २३ मंगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्