अकवर खान
३१ जेठ सुर्खेत । नेपाल, मेरो प्यारो देश नेपाल । विश्वमा सुन्दर देशहरुको नाम लिइरहँदा अग्रपङ्तीमा आउछ, नेपाल । भौगोलीक विविधतापुर्ण नेपाल साँच्चीकै मनमोहक छ । विश्वको सर्वच्च शिखर सगरमाथा तथा शान्तीका अग्रदुत मानिने गौतम वुद्धको देश हो मेरो नेपाल ।
१ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको राजधानी काठमाडौ हो । १९ र २० औँ सताब्दी मा सवै भारतीय उपमाहादिप ब्रिटिसको कव्जामा थियो । त्यतिवेला मेरो देश नेपाल मात्र यस्तो देश थियो जो स्वतन्त्र थियो । नेपालमा कुनै स्वतन्त्रता दिवश मनाईदैन किन कि नेपाल विश्वको यस्तो देशहरुमा पर्छ जो कहिल्यै कसैको गुलाम र दासत्वमा रहेन ।
दक्षिण एसियाको सवैभन्दा पुरानो देश हो नेपाल । नेपालमा ८० भन्दा बढि जातजातिहरुको वसोवास रहेको छ भने १२३ भन्दा धेरै भाषाहरु प्रचलनमा रहेका छन् । विभिन्न धर्म तथा जात जातिहरुको आपसी मेलमिलापले विश्व समुदायलाई नै एकताको संदेश दिएको छ ।
विश्वको सवै भन्दा अग्लो १० हिमशिखरहरु मध्ये ८ वटा हिमशिखर नेपालमा पर्दछ । विश्वको छाना मानिने सर्वच्च शिखर सगरमाथा माउण्ट एभरेष्ट पनि नेपालमा नै पर्दछ । जस्को उचाई ८८४८ मिटर रहेको छ । साथै २ हजार फिट सम्मका २४० हिम शिखरहरु समेत नेपालमा रहेका छन् ।
विश्वमा नेपाल मात्र यस्तो देश हो जुन देशको झण्डा वर्गकार छैन । मेरो देशको झण्डा चन्द्र र सुर्य अंकित र त्रिकोणाआकार मा रहेको छ अन्य सवै देशको झन्डा वर्गकार छन् । जल स्रोतको दोस्रो धनि देश हो नेपाल । माता सिताको जन्म स्थल मिथिला हो जहाँ सिताको भव्य विशाल मन्दिर अवस्थित छ । जहाँ मान्छे हरु धेरै स्रद्धाभाव ले पुजा आजा गर्ने गर्दछन् ।
नेपाल विश्वमा आफ्नो बहादुर गोर्खा सैनिकले पनि प्रसिद्ध छ । गोरखा सैनिकको मुख्य सिद्धान्त भनेको मार या मर आफनो कर्तव्य पुरा गर भन्ने हो । भरतको स्वतन्त्रता समयमा ब्रिटिस आर्मीले गोरखाको वहादुरी देखेर अत्यन्त प्रभावित भएर ब्रिटिस सेनामा लगे । आज पनि व्रिटियन आर्मीमा गोर्खा सैनिकको संख्या ४ हजार भन्दा पनि बढि छ । इन्डियन आर्मीमा ७ रेज्मेन्ट र ४० वटालिइन छ । जस्मा ४० हजार भन्दा वढि गोर्खा सैनिकहरु रहेका छन् ।
गोर्खा सैनिकको वहादुरी को कुरा गर्दा व्रिटिस आर्मीको दिप्रसाद को नाम विश्वमा प्रसिद्ध छ । उनले १७ सेक्टेम्वर २०१० मा अफगानस्थानमा ३० तालिवानीलाइ एक्लैले मारेका थिए जसको कारण उनले ब्रिटिसको माहारानी बाट सम्मान समेत पाएका थिए ।
नेपालको राष्ट्रिय जनावर गाई हो गाईलाई गौमाताको रुपमा लिइ पुजा आरधाना समेत गर्ने गरिन्छ, गाईलाई काट्नु मार्नु गैरकानुनी र माहाअपराध मानीन्छ । नेपालको राष्टिय फुल लालिगुराँस हो । नेपालको सुन्दरताको वयान जति गरेपनि कमै हुन्छ । नेपाल धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपुर्ण देश हो ।
काठमाण्डौमा मात्र १ हजार भन्दा वढि मठ मन्दिरहरु रहेको छ । भगवान वुद्धको जन्म स्थल नेपालको लुम्बीनीलाइ श्रद्धाभावले हेर्ने गरिन्छ । यहाँ बर्षेनी विभिन्न देशहरुवाट हजारौ बौद्ध धर्मालम्वी आउने गर्दछन् ।
नेपालमा विभिन्न ८७० भन्दा वढि प्रजातिका चराहरु रहेका छन । त्यतिमात्र होईन यहाँ वेङ्घल टाईगर, पाटे वाघ, एक सिगे गैडा, रेड पाण्डा पनि हेर्न पाइन्छ ।
नेपालमा सुन्दर तालहरु रहेका छन् । राराताल, नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित छ । जुन नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । मुगुको सदरमुकाम गमगढीबाट पश्चिम तर्फ करीब ३ घण्टाको पैदल यात्रा पुरा गरेपछि रारातालमा पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।
प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जनावरहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप रमणिय बनाएको छ ।
विस्तृत भिडियोमा
प्रतिकृया दिनुहोस्