Birendranagar Municipality

कोभिड-१९ बाट २ लाख ५० हजार बढीको मृत्यु

सेरोफेरो
कोभिड-१९ बाट २ लाख ५० हजार बढीको मृत्यु

२४ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट विश्वभर साढे २ लाख भन्दा बढी मानिसको ज्यान गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ५७ हजार २ सय ८८ जनाको मृत्यु भैसकेको छ ।

 

गत डिसेम्बरमा चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । कोभिड-१९ बाट सबैभन्दा बढी अमेरिकामा ७१ हजार ७८ को मृत्यु भएको छ । त्यसपछि क्रमश: बेलायत, इटाली, स्पेन र फ्रान्समा धेरैको मृत्यु भएको छ ।

 

विश्वभर ३६ लाख ६३ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालमा बुधबारसम्म ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा कोभिड-१९ बाट हालसम्म कसैको मृत्यु भएको छैन ।


कोरोना भाइरसबाट बच्न बैज्ञानिकहरु खोप पत्ता लगाउन लागिपरेका छन् ।

२०७७ बैशाख २४ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्