२४ बैशाख, काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
कोरोना भाइरसको संक्रमण रोक्न गत चैत ११ गते देखि लकडाउन जारी छ । पछिल्लो पटक थप गरिएको लकडाउनको समय बैशाख २५ गते सकिँदैछ ।
यस्तै सरकारले बुद्धजयन्तीका अवसरमा २५ गते साँझ ७ बजे दीप प्रज्वलनका लागि सबैलाई आग्रह गर्ने निर्णय गरेको पनि अर्यालले बताइन् ।
प्रतिकृया दिनुहोस्