२४ बैशाख, वीरगञ्ज । पर्साकाे वीरगन्जमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
वीरगञ्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको समेत खुलेको छ। संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ६६ बर्षसम्मका छन् । जसमा ७ महिला र १० पुरुष छन् । उनीहरु सबैको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
सबै संक्रमित बैशाख २१ गते संक्रमण देखिएका पुरुषका परिवार हुन् । वीरगञ्ज महानगरपालिका ३ स्थित छपकैयामा बस्दै आएका उक्त पुरुषमा संक्रमण देखिएपछि उनको परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जनामा पुनःसंक्रमण देखिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्