२४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो चाहिएको बताएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले बुधवार आयोजना गरेको ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीहरुसंगको अनलाइन बैठकमा मुख्यमन्त्री शाहीले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा शाहीले कर्णालीका १० मध्ये ५ जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रशारण लाईन नपुगेको, प्रदेश राजधानीमै पनि विद्युत आपूर्तिमा बारम्वार अवरोध भइरहेको जनाउँदै समस्या सामाधानका लागि पहल गर्न संघीय सरकारलाई अनुरोध गरेका छन् । उनले तत्काल राष्ट्रिय प्रशारण लाइन विस्तार गर्न नसकिने क्षेत्रमा वैकल्पिक उर्जाको प्रयोगमार्फत विद्युत आपुर्ति सहज बनाउनुपर्नेमा पनि जोड दिए ।
बैठकमा शाहीले संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीले उच्च प्राथमिकता पाउनुपर्ने भन्दै औषधीय गुण सहितको कृषि उपजको उत्पादकत्व वृद्धिका लागि ठूला सिंचाई योजना आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन् ।
प्रतिकृया दिनुहोस्