Birendranagar Municipality

आज २५६४ औं बुद्ध जयन्ती

सेरोफेरो
आज २५६४ औं बुद्ध जयन्ती

२५ बैशाख, काठमाडौं । बैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती आज मनाईंदैछ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारस्थित बुद्धको प्रतिमामा माल्यार्पण गरी गौतम बुद्धको स्मरण गरेका छन् । आजभन्दा २५ सय ६४ बर्ष पहिले रुपन्देहीको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।

 

ध्यानद्वारा मानव जगतलाई दुःखबाट पार लगाउने ज्ञान प्राप्त गरेका गौतम बुद्धको सम्झनामा यो दिवस मनाइन्छ । गौतम बुद्ध शान्तिका प्रतीक पनि हुन् । विश्वका धेरै मुलुकमा उनका अनुयायी छन् ।

 

कोरोना भाइरसको महामारीका कारण लागू गरिएको लकडाउनका कारण कुनै सार्वजनिक कार्यक्रमको आयोजना नगरिएपनि सरकारले सबै नागरिकलाई साँझ ७ बजे घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।

२०७७ बैशाख २५ बिहिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्