Birendranagar Municipality

संघीय सरकारले जेठ २ मा नीति तथा कार्यक्रम ल्याउने

सेरोफेरो
संघीय सरकारले जेठ २ मा नीति तथा कार्यक्रम ल्याउने

२५ बैशाख, काठमाडाैं । सरकारले जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्।

 

त्यसअघि संसदमा बैशाख २८, २९ र ३० गते प्रि–बजेट छलफल हुने तयारी छ। नेपालको संविधानमा संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।

 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले २ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिए।

 

संसदको बजेट अधिवेशन बैशाख २६ गतेबाट शुरु हुँदैछ। कोरोना महामारीका बेला बस्न लागेको संसद बैठकमा सहभागी हुने सांसदहरुमा अनिवार्य कोरोना परीक्षण गरिनेछ ।

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहिबार स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ। बीचमा २ वटा कुर्ची खाली राखेर संसद बैठक चलाउने सचिवालयको तयारी छ।

२०७७ बैशाख २५ बिहिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्