२७ बैशाख । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८ बजे पुष्टि गरेसंगै संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
नयाँ संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित ३ महिला उदयपुर भुल्केका हुन् । उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ। यसैगरी संक्रमित ४ पुरुषमध्ये ३ जना कपिलवस्तु र १ जना पर्सा छपकैयाका हुन्।
कपिलवस्तुका संक्रमितमा १७ वर्षका १ र १८ वर्षका २ युवक रहेका छन्। पर्साका संक्रमित पुरुषको उमेर ६२ वर्ष रहेको छ।
स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक शुक्रबार नेपालगञ्जका १६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस्