२९ बैशाख । साेमबार कपिलवस्तुमा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेमा यशाेधरा गाउँपालिका ५ तथा बुद्धभूमि नगरपालिका ७ र १० का बासिन्दा छन् । उनीहरू १८ देखि ३४ बर्ष समूहका पुुुरूष हुन् ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेका उनीहरू सबैकाे अवस्था सामान्य छ ।
प्रतिकृया दिनुहोस्