बेलायतको पश्चिमी लण्डनको ल्याटिमेर रोडस्थित २४ तल्ले आवासिय भवनमा भीषण आगलागी भएको छ ।
भवनभित्र सयौं मानिस थुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
भवनभित्र कति मानिस थिए र उनीहरुको अवस्था के छ भन्ने बारे कुनै यकिन जानकारी नभएको जनाइएको छ । २४ तल्ले भवनमा १ सय २० फ्ल्याट रहेको केसिग्टन तथा चेल्सी काउन्सिललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
४० वटा दमकल र झण्डै २ सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनामा घाइते भएका ३० जनालाइ अस्पताल भर्ना गरिएको छ । भवनको पुरै भाग जलेको जलेको छ भने भवनको भित्री भागसम्म आगो फैलिएको छ । लण्डनका मेयर सादिक खानले घटनालाई एउटा मुख्य घटना हुनसक्ने र निकै ठूलो क्षति हुने बताएका छन् ।
प्रतिकृया दिनुहोस्