Birendranagar Municipality

थप ५७ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमित १९१

सेरोफेरो
थप ५७ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमित १९१

३० बैशाख, काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार बिहान ५७ जनामा संक्रमण पुष्टि भएको हो।

 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना छन् ।

 

संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

 

अधिकारीका अनुसार अहिलेसम्म ३३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

२०७७ बैशाख ३० मंगलबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्