Birendranagar Municipality

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने गृहको निर्णय, सबै पास रद्द

सेरोफेरो
एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने गृहको निर्णय, सबै पास रद्द

३० वैशाख । एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी गरिएका सबै सवारी पास रद्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । 

 

नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या दिन प्रतिदिनबढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

 

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार उपत्यकाको तीन जिल्लामा यो प्रावधान लागु नहुने र अन्य जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको जानकारी दिनुभयो ।


अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको गृहमन्त्रलायले जनाएको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

 

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

२०७७ वैशाख ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्