३० वैशाख । प्रदेश सभाको छैटौं अधिवेशन जेठ ११ गते आईतवार दिनको ३ बजे प्रदेश सभा भवन सुर्खेतमा गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । वैशाख २६ गते शुक्रवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता एवंम् भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले नेपालको संविधान को धारा १८३ को उपधारा (१) बमोजिक प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणय भएको जानकारी दिनुभयो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७६ (पहिलो संशोधन) र कर्णाली प्रदेश सार्वजनिक निकायको बैठक तथा कार्यक्रम संचालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड १९ संक्रमण रोकथाम तथा प्रतिकार्यार्थ अस्पतालहको पूर्वाधार विकासको लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई बजेट उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता केसीले बताउनु भयो ।
साथै प्रदेशको विकास निर्माण सम्वन्धी कार्यमा दोहोरोपना हटाउन, प्रदेशको स्रोतसाधन बृद्धि गरी सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन प्रदेशमा रहेका संघीय सरकारका सेवा प्रवाह र विकास निर्माणसंग सम्बन्धित कार्यालयहरु स्रोतसाधन सहित प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसंग अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयको पूर्णपाठ :

प्रतिकृया दिनुहोस्