Birendranagar Municipality

मंगलबार ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २१७ पुग्यो

सेरोफेरो
मंगलबार ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २१७ पुग्यो

३१ वैशाख । नेपालमा एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलवार बेलुकी काठमाण्डौमा एक तथा भक्तपुरमा दुई तथा अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई-दुई जना तथा काठमाण्डौ र सर्लाहीमा एक-एक जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

 

यसअघि आज दिउँसो पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो।

 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

मन्त्रालयका अनुसार मङ्गलबारसम्म पीसीआर विधिबाट १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। यस्तै २ सय २८ जनालाई आइसोलेशनमा र १२ हजार सात सय ८५ जनालाई क्वरेण्टीनमा राखिएको छ।

Baisakh 30

२०७७ वैशाख ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्