३१ वैशाख । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या दुई सय ४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार रुपन्देहीमा ९ जना पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ जना पुरुष, पर्सामा २ जना पुरुष र १ जना महिला र नवलपरासीमा १ जना पुरुष संक्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
संक्रमितहरुको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्